राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राप्रपाले बोलायो बैठक

  फागुन २३, २०७९

काठमाडौं,फागुन २३ : राष्ट्रपति निर्वाचनबबारे आवश्यक निर्णय लिन राप्रपाको केन्द्रीय समितिको बैठक बस्दै छ । २५ गते (बिहीबार) राष्ट्रपतिको निर्वाचन हुँदै छ । आठ दलको समर्थनसहित कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन् ।

कसलाई मत दिने भन्ने विषयमा आवश्यक निर्णय लिन राप्रपाले मंगलबार दिउँसो बस्नेगरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया