काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरूद्धको रिट सर्वोच्च अदालतमा दर्ता हुँदैछ।
अधिवक्ता ज्ञानेन्द्र आरन र कल्याण बुढाथोकीले प्रधानमन्त्री प्रचण्डविरूद्धको रिट दर्ता गर्न लाग्नुभएको हो । यसका लागि उहाँहरू सर्वोच्च परिसरमा पुगिसक्नुभएको छ ।
शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलाशले रिट दर्ता गर्न आदेश दिएको थियो। उहाँरूले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाउन माग गर्दै रिट दिन लाग्नुभएको छ । ०७६ माघ १ गते प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजार जनाको जिम्मा लिने घोषणा गर्नुभएको थियो ।






