स्ववियु निर्वाचनको तयारीमा विद्यार्थी सङ्गठन

  फागुन २१, २०७९

आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियूको निर्वाचनका लागि चितवनका विद्यार्थी सङ्गठनले दल दर्तासँगै आफ्नो तयारी तीव्र पारेका छन् । त्रिभूवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारीसँगै दल दर्ता गराएसँगै उनीहरु तयारीमा जुटेका हुन् ।

नेपाल विद्यार्थी सङ्घ चितवनका अध्यक्ष राजेश भुसालले स्ववियु निर्वाचन हुने जिल्लाका सबै क्याम्पसमा दल दर्ताको काम भइरहेको बताउनुभयो । निर्वाचनको तयारीस्वरुप सबै विद्यार्थी सङ्गठनले दल दर्ता गराइरहेका छन् । नेपाल विद्यार्थी सङ्घ जिल्लाले सबै क्याम्पसमा निर्वाचनको तयारीमा जुटेको उहाँको भनाइ छ ।

भुसालले भन्नुभयो, “एक दुई क्याम्पसमा निर्वाचन आयोग गठनको प्रक्रियामा रहेकाले केही समय लागेको छ । अन्य क्याम्पसमा दल दर्ताको काम भइरहेको छ ।” नेपाल विद्यार्थी सङ्घले आफ्ना गरेका कामका बारेमा जानकारी गराउँदै विद्यार्थीमाझ गएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचनका लागि सबै क्याम्पसमा विद्यार्थी सङ्गठन र विद्यार्थीको सक्रियता बढेको छ ।” विद्यार्थी सङ्गठनबीच तालमेलका लागि केन्द्रमा प्रयास भइरहेको उल्लेख गर्दै उहाँले अहिले जिल्लामा सङ्गठन आआफ्नो तयारीमा लागेको जानकारी दिनुभयो । केन्द्रबाट निर्णय आएसँगै जिल्लामा पनि तालमेल हुने उहाँको भनाइ छ ।

नेकपा ९एमाले० निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० पनि दल दर्तासँगै निर्वाचनका लागि सक्रिय बनेको छ । आफ्ना गतिविधिलाई विद्यार्थी माझ पु¥याउँदै सक्रियता बढाएको अध्यक्ष प्रकाश कालाखेतीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया