भियतनाम, फागुन १९ : लाओका राष्ट्रपति थोङलोन सिसोलिथले भो भान थुङलाई समाजवादी गणतन्त्र भियतनामको राष्ट्रपति पदमा निर्वाचित हुनु भएकामा बिहीबार बधाइ सन्देश पठाउनुभएको छ।
उक्त सन्देशमा उहाँले भियतनामको राष्ट्रपतिमा थुङको नियुक्तिले पार्टी, सरकार र भियतनामका जनताले उहाँमाथि गरेको विश्वासलाई प्रतिबिम्बत गरेको बताउनु भएको छ ।
राष्ट्रपति थोङलोनले भियतनामी समकक्षीसँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताउदै सरकार र जनताबीचको महान् मित्रता, विशेष ऐक्यबद्धता र परम्परागत व्यापक सहयोगलाई थप अभिवृद्धि गर्न आफू तत्पर रहेको पनि उल्लेख गर्नु भएको छ ।






