प्रतिनिधिसभा बैठक स्थगित, उपराष्ट्रपति निर्वाचनपछि बस्ने

  फागुन १७, २०७९

काठमाडौँ ,फागुन १७ : प्रतिनिधिसभाको बैठक आगामी चैत ५ गतेसम्मका लागि सारिएको छ । सभामुख देवराज घिमिरेको आग्रहमा आज दिउँसो १ बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको संघीय संसद सचिवालयले जनाएको छ ।

आज दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण सो समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले सभाको बैठक चैत ५ गते आइतबार दिनको १ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसदका महासचिव डा।भरतराज गौतमले जनाएका छन् ।

तपाईको प्रतिक्रिया