पोखरामा खानेपानी नियमित नभएको गुनासो

  फागुन १६, २०७९

पोखरा–१७ छोरेपाटनकी अनितादेवी शर्माले घर बनाउनुभएको १० वर्षभन्दा बढी भयो । उहाँले खानेपानीको समस्या झैल्दै आएको पनि त्यति नै भयो । तर, हरेक महिना खानेपानी संस्थान पोखरा कार्यालयमा पुगेर पैसा बुझाउन छाड्नुभएको छैन ।

पैसा तिरेर धारामा आएको पानीले उहाँलाई पुग्दैन् । “घर बनाएको १० वर्ष भयो पानीले कहिल्यै पुग्दैन्”, उहाँले भन्नुभयो, “मोटर नै लगाएर ताने पनि सानो आउँछ । पु¥याउनै गाह्रो छ ।” उहाँले खानेपानी संस्थानलाई मासिक रु एक सय १० बुझाउने गरेको बताउनुभयो । त्यसले नपुगेर महिनामा एक ट्याङ्कटर पानी आठ÷नौ सयसम्म तितेर खरिद गर्नुपर्ने उनको भनाइ थियो ।

पोखरामा खानेपानी नियमित नआउने मात्र होइन मिटरमा पनि समस्या छ । पोखरा–१२ की इन्दिरा भण्डारीको घरमा मिटरमा समस्या भयो । मिटरमा समस्या भएकै कारण गएको असोजमा उहाँकोमा खानेपानीको बिल ५५ हजारको आएको उहाँले बताउनुभयो । पछि निवेदन दिएपछि पाँच सय रुपैयाँ मात्र तिर्नुभयो । “मिटरमा समस्या भएर असोज महिनाको बिल ५५ हजार आयो । अनि पछि निवेदन दिएपछि पाँच सय मात्र तिरेर आएँ”, उहाँले भन्नुभयो, “त्यो पछि पनि ३२ हजार आयो अनि फेरि निवेदन दिएर मिलाइयो । अहिले चाहिँ मिलाएको छु । अहिले त महिनामा एक सय १० तिर्छु ।”

सेवाग्राहीले गुनासो गरिरहँदा खानेपानी संस्थानका पोखरा कार्यालय प्रमुख आशिष कार्कीले त्यति धेरै समस्या नरहेको बताउनुहुन्छ । “पोखरामा पानीको त्यति साह्रै समस्या छैन्”, उहाँले भन्नुभयो, “समस्या नै नभएको त होइन तर ५० हजार धारामा पाँच÷१० प्रतिशतमा समस्या त हुन्छ नै ।”

संस्थानमा कर्मचारी अभावले केही समस्या भएको प्रमुख, कर्मचारी कम हुँदा धेरै काम गर्न नसकेको उहाँको भनाइ थियो । पोखराभर एक सयभन्दा बढी स्थानमा लिकेज भएकाले समस्या रहेको उहाँले बताउनुभयो । यसका लागि बक्यौता न्यूनीकरण कमिटी गठन गरेर काम गरिरहेको छ ।

तपाईको प्रतिक्रिया