इजिप्टका विदेशमन्त्रीद्वारा १२ वर्षपछि सिरियाको भ्रमण

  फागुन १५, २०७९

दमास्कस, फागुन १५ : इजिप्टका विदेशमन्त्री सामेह शौकरीले सिरियाली राष्ट्रपति बसर अल–असदलाई सोमबार दमास्कसमा भेट्नु भएको छ ।

यो भेट करिब १२ वर्षअघि सिरियाली गृहयुद्ध सुरु भएयता इजिप्टका शीर्ष कूटनीतिज्ञको तहबाट भएको सिरियाको पहिलो भ्रमण हो ।

सो अवसरमा शौकरीले इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीको सन्देश सुनाउनु भएको थियो । सो सन्देशमा विनाशकारी भूकम्पको सामना गरिरहेको सिरियाप्रति दुःख व्यक्त गरिएको छ ।

शौकरीले इजिप्टका राष्ट्रपतिले दुई देशबीचको सम्बन्धलाई बढावा दिन र नयाँ चरणमा विकास गर्न इच्छुक रहेको धारणा सार्वजनिक गर्नुभएको छ ।

उहाँले सिरिया–इजिप्ट सम्बन्धलाई अरब देशहरूको रक्षाका लागि एक आवश्यक स्तम्भको रूपमा अथ्र्याउँदै इजिप्ट सिरिया र त्यहाँका जनतालाई सहयोग गर्न सधैं तयार रहको उल्लेख गर्नुभएको छ ।

यही फेब्रुअरी ६ गते गएको शक्तिशाली भूकम्पले टर्किए र सिरियामा जनधनको ठूलो क्षति भएको छ ।

तपाईको प्रतिक्रिया