फिलाटेलिक आवरण प्रदर्शनी सुरु

  फागुन १५, २०७९

काठमाडौँ,फागुन १५ : नेपाल फिलाटेलिक सोसाइटीद्वारा फिलाटेलिक आवरण प्रर्दशनी–२०७९ आजदेखि सुरु भएको छ ।

नेपाल कला परिषद्, बबरमलमा सुरु भएको उक्त प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले टिकटमा टाँचा लगाइ उद्घाटन गर्नुभयो ।

सचिव डा अर्यालले नयाँ पुस्तालाई नेपालको कला, संस्कृति, हुलाक टिकटप्रति जानकारी दिन तथा अभिरुची होस् भन्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालको प्राकृतिक सुन्दरता, कला संस्कृति, हुलाक टिकटलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पु¥याउन सोसाइटीको महत्वपूर्ण भूमिका रहेको छ । प्रदर्शनीले पुस्तान्तरणको सन्देश प्रवाह भएको छ ।”

नयाँ पुस्तामा आकर्षण, जानकारीका लागि प्रदर्शनीले टेवा पु¥याउने उल्लेख गर्दै सचिव अर्यालले नेपाल र नेपालीले गरेका हुलाकसम्बन्धी पहल फिलाटेलिकको प्रवद्र्धन र निरन्तरताका लागि मन्त्रालय सहयोग गर्न तयार रहेको धारणा व्यक्त गर्नुभयो ।

सोसाइटीका अध्यक्ष केदार प्रधानले हुलाक सेवा विभागको सहकार्यमा सोसाइटी सञ्चालनमा रहेको उल्लेख गर्दै नेपाली हुलाक टिकट विश्वमा नै परिचित रहेकाले मुलुकको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा समेत रहेको बताउनुभयो । प्रर्दशनी यही फागुन १७ गतेसम्म सञ्चालन हनेछ ।

तपाईको प्रतिक्रिया