हाइल्याण्ड पपुवा दङ्गामा १० जनाको मृत्यु, २३ जना घाइते

  फागुन १२, २०७९

जाकार्ता, फागुन १२ : इन्डोनेसियाको पूर्वी प्रान्त हाईल्यान्ड पपुवामा भएको दङ्गामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ भने २३ जना घाइते भएका छन् ।

पपुवा प्रान्तका प्रहरी प्रवक्ता इग्नाटियस बेन्नी एडी प्राबोवोले भर्खरै स्थापित प्रान्तमा एक बालक अपहरण भएको अफवाहका कारण दङ्गा शुरु भएको बताएका छन् ।

यसैगरी बिहीबार प्रान्तको जयविजय रेजेन्सीमा भीषण आगलागीबाट २१ घर र पसल जलेको प्रवक्ताले जानकारी दिए । उनले सिन्ह्वालाई भने, “दङ्गा मच्चाउन सम्लग्न व्यक्तिहरूले आगो लगाएको बताएका छन् ।

तपाईको प्रतिक्रिया