झापाको बिर्तामोड नगरपालिका १ नं वडा कार्यालयले दुई विपन्न महिलालाई ठेला गाडा प्रदान गरेको छ । विपन्न रोजगार कार्यक्रमअन्तर्गत आज यहाँ आयोजित एक कार्यक्रममा वडाध्यक्ष अग्निप्रसाद पाण्डेले स्थानीयबासी लक्ष्मी राजवंशी र गोमादेवी पोखरेल ९गौतम०लाई ठेला हस्तान्तरण गर्नुभएको हो ।
वडा कार्यालयले हरेक वर्ष विपन्न रोजगार कार्यक्रमअन्तर्गत अतिविपन्न परिवारलाई सहयोग गर्दै आएको उहाँले बताउनुभयो । ती ठेला गाडा रू ३५ हजारमा खरिद गरिएको थियो । ठेला पाएपछि आफूलाई गरिखान सहयोग पुगेको गौतमले बताउनुभयो । “श्रीमान बितेपछि परिवार पाल्न सकस भइरहेको थियो”, उहाँले भन्नुभयो, “अब यसमा चना, चटपटे, झालमुरीलगायत सामान राखेर व्यापार गर्छु ।”
मागबमोजिम राजवंशी र गौतमलाई ठेला वितरण गरिएको वडासचिव टिका अधिकारीले जानकारी दिनुभयो ।






