बेपत्ता किशोर मृत फेला

  फागुन ११, २०७९

चितवन, फागुन ११ : नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका किशोर आज मृत फेला परेका छन् ।

चितवनको माडी नगरपालिका–५ घर भइ भरतपुर महानगरपालिका–१० मा बस्दै आएका १६ वर्षीय रिते थापा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार यही फागुन ६ गते शिवरात्रिको दिन तनहुँ देवघाटस्थित नारायणी नदीमा नुहाउने क्रममा थापा डुबेर बेपत्ता भएका थिए ।

उनको भरतपुर–१६ काभ्रेघाटस्थित नारायणी नदी किनारमा आज शव फेला परेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया