कर्णाली, फागुन १० : कर्णालीमा पूर्वप्रदेशसभा सदस्य मञ्च कर्णाली प्रदेश, नेपाल गठन गरिएको छ । पूर्वप्रदेशसभा सदस्यमन्त्री दल रावलको नेतृत्वमा ११ सदस्यीय मञ्च गठन भएको हो ।
मञ्चको उपाध्यक्षमा अमृता शाही, महासचिवमा कृष्णा शाह, सचिवमा पद्मा खड्का र कोषाध्यक्षमा मिनासिं रखाल चयन हुनुभएको छ । त्यस्तै, सदस्यमा करबीर शाही, राजु नेपाली, बद्मीक्वारी बोहोरा, रातो कामी, झोवा विक र नन्दसिंह बुढा चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष रावलले पत्रकार भेटघाटमार्फत जानकारी दिनुभयो ।
“संस्था दर्ता ऐन, २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दर्ता गरी वैधानिक ढङ्गबाट अगाडि बढेका छौँ”, उहाँले भन्नुभयो, “जसले प्रदेशसभाको परामर्श दातृ संस्थाको हैसियतले मूलतः प्रदेशसभा सदस्यलाई परामर्श दिने, सदस्यलाई सङ्गठित गरी राष्ट्रिय तथा प्रादेशिक हितका संरक्षण, प्रदेशको समृद्धि र विकासका निम्ति क्रियाशील बनाउने एवं उनीहरुको अनुभव तथा योग्यताबाट सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई व्यवस्थालाई मर्यादित, सुदृढ एवं व्यवस्थित गर्न योगदान पु¥याउने उद्देश्य राखेको छ ।”
उहाँका अनुसार पूर्वसभामुखरउपसभामुखलाई संरक्षण तथा पूर्व एवं बहालवाला मुख्यमन्त्री, सभामुखरउपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेतालाई सल्लाहकार मञ्चको सल्लाहकार राखिएको छ । पूर्वप्रदेशसभा सदस्यबाट मात्र साधारण, आजीवन र मानार्थ सदस्य लिने गरिएको अध्यक्ष रावलले बताउनुभयो ।






