पूर्वप्रधानमन्त्री खनाल स्वदेश फिर्ता

  फागुन ०६, २०७९

काठमाडौँ,फागुन ६ : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल स्वदेश फिर्ता हुनुभएको छ । भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी) लिबरेसन पार्टीको ११औँ अखिल भारतीय महाधिवेशनको दुई दिवसीय कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी भई उहाँ आज स्वदेश फर्कनुभएको हो ।

भारतको पटनामा भएको महाधिवेशनमा नेता खनालले भारतीय कम्युनिष्ट, वामपन्थी र समाजवादीका शीर्षनेतासँग भेटघाट गर्नुभएको थियो ।

पूर्वप्रधानमन्त्री खनालले विश्वमा विद्यमान अन्याय, अत्याचार तथा गरिबी न्यूनीकरणमा विश्व कम्युनिष्ट आन्दोलनको महत्वबारे धारणा राख्नुभएको नेता खनालको सचिवालयले जनाएको छ ।

नेपालमा कम्युनिष्टप्रतिको बढ्दो जनमत र विभाजित वामपन्थी शक्तिबारे पनि उहाँले सो अवसरमा जानकारी गराउनुभएको थियो ।

पार्टीको विदेश विभाग प्रमुखसमेत रहनुभएका नेता खनाल नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा पार्टी उपाध्यक्ष प्रमेश हमाल, सम्मानित नेता खनालकी श्रीमती रविलक्ष्मी चित्रकार र पार्टी विदेश विभाग सचिव डा शङ्कर खतिवडा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया