डुम्रे–बेँसीसहर सडक दुई लेन बनाउने कार्य पचास प्रतिशत

  फागुन ०५, २०७९

लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक दुई लेन बनाउने कार्य हालसम्म ५० प्रतिशत सम्पन्न भएको छ ।

तनहुँको डुम्रे बजारबाट दुई सय २० मिटर अघिदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बन्न अझै ५० प्रतिशत बाँकी रहेको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर पुरुषोत्तम अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार यतिबेला चौडाइ पु¥याउन कटिङ गर्ने, टेवा ९पर्खाल० उठाउने काम अन्तिम चरणमा पुगेको छ । त्यस्तै पाइप कल्भर्ट, स्ल्याब कल्भटको काम सम्पन्न भएको छ । कालोपत्रका लागि सडकको स्तर मिलाउने कार्य भइरहेको छ ।

सडकको नाली बनाउने कार्य पनि भइरहेको उक्त कार्यालयका सूचना अधिकारी अधिकारीको भनाइ छ । उहाँले भन्नुभयो, “कामलाई तत्काल प्रभाव पार्ने यस सडकभित्र रहेको २० बिजुलीका खम्बा र १८ टेलिफोनका खम्बा हटाउन पहल भइरहेको छ ।” यस सडकको निर्माण कार्य लक्ष्यअनुसार भइरहेको उहाँको दाबी छ ।

आगामी वर्षायाममा काम करिब तीन महिना प्रभावित हुने र निर्धारित समयमा काम सम्पन्न नहुने भएकाले यतिबेला तीव्र रुपमा काम गर्दै निर्धारित समयमै सम्पन्न गराउने कोसिसमा रहेको सूचना अधिकारी अधिकारीले बताउनुभयो ।

तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण हुने यो सडक अहिले डुम्रे बजार नजिकैबाट दुई लेनको बनाउन थालिएको छ । राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५÷१५ मिटरको हुने भएको छ । त्यस्तै १०÷१० मिटरको लगतकट्टा भइसकेको छ भने अधिग्रहण गरेकोमध्ये चौडाइ ११ मिटरमा सडक संरचना बन्ने भएको छ । यसअघि तीन दशमलव ७५ मिटरको ‘क्यारिज वे’९भारवाहन सडक० रहेकामा अब सात मिटरको हुने उक्त योजना कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया