इन्जा बौद्धिक अनुसन्धानवृत्ति पत्रकारद्वय नेपाल र तिवारीलाई

  फागुन ०४, २०७९

नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल इन्जाले हरेक वर्ष प्रदान गर्दै आएको बौद्धिक अनुसन्धानवृत्ति पुरस्कार पत्रकारद्वय जगत नेपाल र माधवप्रसाद तिवारीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

सुकदेव शाहको स्मृतिमा स्थापना भएको उक्त बौद्धिक अनुसन्धानवृत्ति पुरस्कार त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आम सञ्चार विषयमा विद्यावारिधी ९ पिएचडी० गरिरहनुभएका पत्रकार नेपाल र पत्रकारिता तथा आम सञ्चार विषयमा त्रिभुवन विश्वविद्यालयबाट दर्शनार्चाय ९एमफिल० गरिरहनुभएका तिवारीलाई प्रदान गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका प्रमुख चिरञ्जीवी खनालको संयोजकत्वमा गठित सिफारिस समितिले उक्त निर्णय गरेको हो ।

सम्मानित हुने पत्रकार नेपाल हाल त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विभागमा उपप्राध्यापकको रुपमा कार्यरत हुनुहुन्छ । विसं २०५४ देखि पत्रकारिता सुरु गर्नुभएका नेपालले सुरुचि साप्ताहिक, नेपालवाणी साप्ताहिक, रेडियो नेपाल, कान्तिपुर टेलिभिजनलगायत सञ्चारमाध्यममा नेतृत्वदायी भूमिकामा रहेर काम गर्नुभएको छ । उहाँका हाल पाँच पुस्तकसमेत प्रकाशित छन् ।

तपाईको प्रतिक्रिया