मदारबाबा मेलाप्रति आकर्षण बढ्दै

  फागुन ०४, २०७९

नवलपरासी  बर्दघाट–सुस्ता पश्चिम र नवलपरासी ९बर्दघाट–सुस्ता पूर्व० को सिमाना पहाडी डाँडास्थित मदारबाबा मेला पछिल्लो पटक हिन्दू र मुस्लिम समुदायको संयुक्त आस्थाको केन्द्ररुपमा विकास हुँदै गएको छ ।

पहिला–पहिला मुस्लिम समुदायको मात्र आस्थाको केन्द्र बनेको मदारबाबा मेलामा पछिल्लो पटक हिन्दू समुदायका लागि पनि उत्तिकै महत्वपूर्ण बन्दै गएको छ । पुरानो ऐतिहासिक मदारबाबाको मुख्यस्थलमा पुगेर पुजाआजा गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहँदै आएको पाइन्छ ।

नवलपरासी ९बर्दघाट–सुस्ता पश्चिम० सुस्ता गाउँपालिका–२ स्थित महलबारी बजार हुँदै मदारबाबाको मुख्य मजार स्थलसम्म ९मुख्य पूजा गर्ने स्थान० पुग्न करिब नौ किलोमिटर पहाडी डाँडाको पैदलयात्रा गर्नुपर्छ । मदारबाबाको मुख्यस्थल ‘मेलास्थल जाने बाटोलगायतका केही संरचना सबै लुम्बिनी प्रदेशअन्तर्गत सुस्ता गाउँपालिका–२ मा पर्ने भए पनि मदारबाबाको मुख्य दर्शन गर्ने स्थान पहाडको फेदी क्षेत्र भने गण्डकी प्रदेशअन्तर्गत विनयी त्रिवेणी गाउँपालिका–६ मा पर्दछ ।

यस वर्ष करिब दश लाख भक्तजन मेला भर्न आउने अनुमान गरिएको कुतबुल मदार बगाह दरगाह कमिटीले जनाएको छ । मदारबाबा मेलामा भारत र नेपालका हिन्दू धर्मावलम्बीलेसमेत वर्षौंदेखि पूजाआजा गर्दै आएका छन् । त्यसैले यस्लाई हिन्दू र मुस्लिमको साझा आस्थाको केन्द्रको रुपमा लिने गरिन्छ ।

तपाईको प्रतिक्रिया