बालाजुमा प्रहरीको गाडी, अस्थायी बिट र ट्राफिक आइल्याण्ड आगजनीमा संलग्न ६ जना पक्राउ

  फागुन ०३, २०७९

काठमाडौं,फागुन ३ : माछापोखरी चोकमा प्रहरीको गाडी आगजनी गर्ने ६ जना पक्राउ परेका छन् । सोमबार माछापोखरीमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका यातायात व्यवसायीहरूले ट्राफिक कारवाहीको विषय लगायत विभिन्न १० वुँदे माग राखी गरेको विरोध प्रदर्शन कार्यक्रममा प्रहरीको दुईवटा भ्यान आगजनी गरेको आरोपमा ६ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा उदयपुर बलमता गाउँपालिका २ घर भई हाल काठमाडौंको मनमैजु बस्ने ४०वर्षीय बिक्रम राई, नुवाकोटका घरभई हाल बानियाटार बस्ने ३० वर्षीय रामहरी भण्डारी, लमजुङ घर भई माछापोखरी बस्ने २३ वर्षिय विवेक श्रेष्ठ, काभ्रेपलान्चोकका ३१ वर्षिय राजेश तामाङ, २० वर्षीय आशिष खड्का र प्युठान घर भई गोंगवु बस्ने १८ वर्षिय दिपेन्द्र पुन मगर रहेका छन् ।

उनीहरुले प्रहरी वृत्त बालाजु, काठमाडौंबाट सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीहरू लिएर गएको प्रहरी वृत बालाजुको
बा २ झ १४४ नम्बरको स्करपियो गाडी र बा १ झ ७२२४ नम्बरको माज्दा गाडीमा आगजनी गरेका थिए ।

तपाईको प्रतिक्रिया