प्रदेश नं १ प्रदेशसभाको आज सम्पन्न बैठकले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७९ ’लाई सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रदेशसभा नियामावली, २०७९ ९पहिलो संशोधन०को नियम ८१ को उपनियम ९४० बमोजिम आन्तरिक मामिला तथा कानुनमन्त्रीका तर्फबाट सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले सो प्रस्ताव पेस गर्नुभएको थियो ।
विशेष समय
विशेष समयमा नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य गोपाल तामाङले नेकपा ९एमाले०का केन्द्रीय सदस्यसमेत रहनुभएका दुर्गा प्रसाइँले झापामा सङ्घीयता विरोधी कार्यक्रम गरेको आरोप लगाउँदै त्यस विषयमा सदनको ध्यानाकर्षण गराउनुभयो ।
शून्य समय
प्रदेशसभा सदस्य एकराज कार्कीले सांसद पूर्वाधार विकास कार्यक्रमका लागि आवश्यक रकम उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभयो । सदस्य किशोरचन्द दुलालले तमोर करिडोरमा निर्माण भइरहेको पुल विगत १० वर्षमा ४० प्रतिशत मात्र निर्माण भएकाले यसलाई दु्रत गतिमा सम्पन्न गराउन सरकारको ध्यान जानुपर्ने बताउनुभयो । सदस्य पञ्चकर्ण राईले साझा सहमतिमा प्रदेशको नामाकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
सदस्य भूमिप्रसाद राजवंशीले कचनकवल नमुना पर्यटकस्थल निर्माणका लागि छुट्याइएको बजेट सदुपयोग हुनुपर्नेमा जोड दिनुभयोे । सदस्य मैया श्रेष्ठले प्रदेश सरकारले आगलागी रोकथामका लागि पूर्वतयारी गर्न र पहाडी तथा ग्रामीण जिल्लामा वारुणयन्त्रको व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै सदस्यहरु रमेशकुमार बस्नेतले इलाम–डडेलधुरा मदनभण्डारी राजमार्ग निर्माण कार्यमा भइरहेको अवरुद्ध हटाउन सङ्घीय सरकारले समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । सदस्य राजन किरातीले उदयपुरको बेलका नगरपालिका–३, ८, ९ मा रहेका एक हजार पाँच सय घरलाई कोसी कटानबाट जोगाउन अविलम्ब बाँध निर्माण गर्न ध्यानाकर्षण गराउनुभयो । अर्का सदस्य राधाकृष्ण खनालले भूमिहीन किसानलाई धनीपुर्जा सुनिश्चित गर्न माग गर्नुभयो ।






