आफ्ना मागहरु पूरा नभए भोलिबाट उपत्यकामा यातायात बन्द गर्ने व्यवसायीहरुको चेतावनी

  फागुन ०१, २०७९

काठमाडौँ,फागुन १ : नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल मजदुर यातायात संगठन र नेपाल यातायात मजदुर संघले सरकारले आफ्ना मागहरु पूरा नगरेको भन्दै व्यवसायीहरुले भोलिबाट उपत्यकामा यातायात बन्द गर्ने चेतावनी दिएका छन् ।

आज काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा बृहत प्रदर्शन गरी उनीहरुले चेतावनी दिएका हुन् । आफूहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा १० बुँदे माग राखे पनि आफ्ना मागहरु पूरा नभएको भन्दै आन्दोलनको घोषणा गरेका हुन् ।

विभिन्न यातायात मजदुर संगठनले आन्दोलनको विषयमा यातायात व्यवसायी महासंघसँग छलफलको तयारीमा जुटेका छन् ।

मजदुरमाथि आक्रमण गरेको र आक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने भन्दै भोलि बिहानबाटै उपत्यकामा यातायात बन्द गर्ने उनीहरुको घोषणा रहेको छ । आजै उनीहरुले नयाँ बसपार्क क्षेत्रमा ४ घण्टा चक्काजाम गरेका थिए ।

तपाईको प्रतिक्रिया