पूर्वराससकर्मी शर्माको निधन

  माघ २८, २०७९

राष्ट्रिय समाचार समितिका पूर्वकर्मचारी कृष्णप्रसाद शर्माको निधन भएको छ । उहाँको ६२ वर्षको उमेरमा गत बिहीबार गोङ्गबुस्थित आफ्नै निवासमा निधन भएको हो ।

शर्माले रासस केन्द्रीय कार्यालयमा तीन दशकभन्दा बढी सेवा गर्नुभएको थियो । उहाँको श्रीमती र दुई छोरा हुनुहुन्छ । शर्माको निधनमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राससले दुःख व्यक्त गरेको छ । उहाँ सङ्गठनको संस्थापक सदस्य हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया