निःशुल्क अध्ययन केन्द्रमा पढ्दै दलित बालबालिका

  माघ २७, २०७९

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ पोर्ताहास्थित मुसहर बस्तीमा जीवन विकास लघुवित्तले सञ्चालन गरेको निःशुल्क अध्ययन केन्द्रमा बेलुकाको समय निःशुल्क होम ट्युसन पढ्न पाएपछि उत्साहित छन् । लघुवित्त भन्नै सुन्नै बित्तिकै ऋण दिने ÷लिने संस्था हो धारणा गाउँमा व्याप्त छ । दूरदराजका गाउँमा बसेका विपन्न वर्गका नागरिकहरुलाई उद्यमशील बनाउन यस्तो लघुवित्तको परिकल्पना गरिएको हो ।

लघुवित्तहरुले ग्रामीण भेगका गाउँगाउँमा पुगेर विपन्न महिलाहरुलाई जीविकोपार्जनका लागि कार्यक्रमहरु सञ्चालन गर्नाका साथै समाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न किसिमका क्रियाकलाप पनि सञ्चालन गरिरहेका छन् । सोही कडीका रुपमा निःशुल्क अध्ययन केन्द्र सञ्चालनमा ल्याएको हो । कमजोर आर्थिक अवस्थाका कारण आवश्यक शैक्षिक सामग्रीको अभाव र अतिरिक्त कक्षा ९ट्युसन० पढ्न नपाएर विद्यालय जान रुचि नगर्ने मुसहर बस्तीका बालबालिकाहरु जीवन विकास लघुवित्त लहान–२३ गढिया शखाद्वारा सञ्चालित निःशुल्क अध्ययन केन्द्रमा पढ्न अहिले उत्साहित हुँदैछन् ।

सो केन्द्रमा ३१ बालबालिकाले अध्ययन गरिरहेका छन् । उक्त संस्थाले बालबालिकाका लागि शैक्षिक तथा स्टेसनरी सामग्री र सहजकर्तालाई मासिक भत्ता उपलब्ध गराएको गढिया शखाप्रमुख बिमल सिंहले बताउनुभयो ।

“विद्यालयबाहिर रहेका र नाम लेखाएर पनि स्कुल नजाने बालबालिकालाई आवश्यक शैक्षिक सामग्रीका साथै पठनपाठनका लागि सहयोगका अतिरिक्त ‘होम ट्युसन’ सञ्चालन गरिएपछि उनीहरु नियमित विद्यालय जान थालेको सहजकर्ता रेखाकुमारी सदाले बताउनुभयो । उहाँले विद्यालयमा दिवा खाजा कार्यक्रम, छात्रवृत्ति, खेलकुदजस्ता क्रियाकलापले गर्दा दलित बालबालिकामा पनि विद्यालयप्रति आकर्षण बढेको छ भन्नुभयो । शाखाप्रमुख सिंहले मुसहर समुदायमा चेतनाको कमी भए पनि पढ्नुपर्छ भन्ने धारणको विकास हुँदै गएको उल्लेख गर्नुभयो ।

जीविकोपार्जनका लागि सहयोग गर्दै आएको लघुवित्तले निःशुल्क अध्ययन केन्द्र सञ्चालनमा ल्याएपछि अहिले विपन्न दलित बस्तीका बालबालिका नियमित विद्यालय जान थालेको सदस्य संसारी सदाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया