इस्लामाबाद, माघ २२ : पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको क्वेटा सहरमा आइतबार भएको बम विस्फोटमा कम्तीमा पाँच जना घाइते भएको प्रहरी अधिकारीहरूले बताएका छन् ।
बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटाको पुलिस लाइन क्षेत्रमा रहेको चेक पोस्ट नजिकै विस्फोट भएको क्वेटाको प्रहरीले सञ्चारमाध्यमलाई बताएको छ ।
विस्फोटपछि प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेको र घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ । सुरक्षा बलले सो क्षेत्रलाई घेरा हालेर घटनाबारे अनुसन्धान सुरु गरेको छ ।
प्रतिबन्धित तेहरिक–ए–तालिबान पाकिस्तान ९टीटीपी० ले आइतबार विज्ञप्ति जारी सो गर्दै आक्रमणको जिम्मेवारी लिएको छ ।






