बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव

  माघ २२, २०७९

सुरुङ्गा (झापा), माघ २२ : फागुनको पहिलो साता बिर्तामोडमा आयोजना हुने बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवबाट यहाँका व्यवसायीले अन्तर्राष्ट्रिय व्यापार नीति अनुसरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

महोत्सव सञ्चालनका लागि आयोजक बिर्तामोड उद्योग वाणिज्य सङ्घले आइतबार गरेको अन्तरसंवादमा सहभागी व्यावसायिक प्रतिनिधिले यस्तो विश्वास व्यक्त गरेका हुन् । फागुन ५ देखि १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेपालसहित भारत, बङ्गलादेश, भूटान र पाकिस्तानका उत्पादकले पनि स्टल बुकिङ गरेका छन् ।

महोत्सवमा दुई सय बढी स्टल रहने बिर्तामोड उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष तथा व्यापार महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले जानकारी दिनुभयो ।

मित्रराष्ट्रबाट सहभागी हुन आएका व्यवसायीले सञ्चालन गरेको व्यावसायिक स्टल र उनीहरूको व्यापार शैलीका विषयमा यहाँका व्यवसायीले अनुसरण गर्दै आगामी दिनमा व्यापार व्यवसाय सञ्चालन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छलफलमा सहभागी वेदप्रकाश अग्रवालले बताउनुभयो ।

बिर्तामोड उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका अग्रवालले विदेशबाट आएका व्यापारीको व्यापार नीति मात्रै यहाँका व्यापारीले ग्रहण गर्ने हो भने व्यापार प्रवर्द्धनमा थप टेवा पुग्ने बताउनुभयो । मेची डिष्ट्रिब्युटर एशोसिएशनका अध्यक्ष राजेन्द्रकुमार थापाले महोत्सवस्थल उपभोक्ता र अवलोकनकर्ताका लागि सुरक्षित, आकर्षक र मनोरञ्जनात्मक गन्तव्यस्थलका रूपमा निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।

महोत्सवका विषयमा आइतबार मात्रै आयोजक समितिले मेची डिष्ट्रिब्युटर एशोसिएशन, कष्मेटिक डिलर एण्ड फुड एशोसिएशन, सौन्दर्य व्यवसायी सङ्घ, छठ समाज सेवा समितिसँग छुट्टाछुट्टै छलफल र अन्तरसंवाद गरेको छ । छलफलमा मेची डिष्ट्रिब्युटर एशोसिएशन मेची अध्यक्ष थापा, निर्वतमान अध्यक्ष सुरेशकुमार अग्रवाल, उपाध्यक्ष प्रवीन अग्रवाल, सचिव राजिव श्रेष्ठ, सदस्य भगवानदास अग्रवाल सहभागी हुनुहुन्थ्यो ।

छठ समाज सेव समितिका अध्यक्ष राजकुमार गुप्ता, निर्वतमान अध्यक्ष घनश्याम चौधरी, मनोज चौधरी, वरुणकुमार जयसवाल, राजकुमार शाह, मनोज रौनियार, सञ्जय चौधरीलगायत सहभागी हुनुभयो । छलफलमा

तपाईको प्रतिक्रिया