बागमती प्रदेशसभा बैठक बस्दै

  माघ २२, २०७९

बागमती प्रदेशसभाको बैठक आज अपराह्न २ बजे बस्ने भएको छ । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक आज बस्ने तय भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

गत माघ ३ मा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेपछि अनिश्चितकालका लागि स्थगित भएको बैठक आज बस्न लागेको सचिवालयका प्रमुख सचिव खड्काले बताउनुभयो ।

प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, नेकपा समाजवादी पार्टीका ७, राप्रपाका १३, नेमकिपाका तीन जना र हाम्रो नेपाली पार्टीका दुई गरी एक सय १० जना सांसद हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया