निःशुल्क आँखा जाँच सम्बन्धी सम्झौता

  माघ १९, २०७९

नेपाल पत्रकार महासङ्घ र नेपाल नेत्रज्योति सङ्घबीच आँखा उपचारसम्बन्धी जनचेतना फैलाउने र पत्रकारका लागि निःशुल्क आँखा जाँच शिविर सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा महासङ्घका तर्फबाट अध्यक्ष विपुल पोख्रेल र सङ्घका तर्फबाट अध्यक्ष प्रा डा चेतराज पन्तले आज यहाँ आयोजित कार्यक्रममा हस्ताक्षर गर्नुभएको छ ।

सो अवसरमा महासङ्घका अध्यक्ष पोख्रेलले प्रविधिको विकाससँगै लामो समय कम्प्युटरलगायत उपकरणको प्रयोगले पत्रकारको आँखामा समस्या देखिन थालेको बताउनुभयो । उहाँले दुई संस्थाबीचको सम्झौताले देशभरिका पत्रकार लाभान्वित हुने बताउनुभयो ।

न सङ्घका अध्यक्ष पन्तले जनचेतना र सूचनाको अभावले आँखासम्बन्धी समस्या भएका बिरामीहरुले उपचार पाउन नसकेको बताउनुभयो । उहाँले निको हुने आँखाका रोगीको समेत उपचार हुन नसकेको भन्दै त्यसको निराकरण गर्न संस्था लागिपरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया