लोकदोहारी प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की

  माघ १७, २०७९

गण्डकी, माघ १७ : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश समितिको अध्यक्षमा लोकगायक राजन कार्की निर्वाचित हुनुभएको छ । अध्यक्षका अर्का उम्मेदवार पूर्ण परियारलाई पाँच मतले पछि पार्दै उहाँ विजयी हुनुभएको हो ।

निर्वाचन अधिकृत दुर्गाप्रसाद कोइरालाका अनुसार समितिको दोस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा माया गुरुङ, प्रथम उपाध्यक्षमा दिलु लामा, द्वितीय उपाध्यक्षमा प्रेमराज अधिकारी, महिला उपाध्यक्षमा मञ्जु विक र सचिवमा रामजी पौडेल निर्वाचित हुनुभएको छ ।

यस्तै महिला सचिवमा ज्योति लोहोनी, कोषाध्यक्षमा कृष्ण सुवेदी, सहसचिवमा दीपक पौडेल, सहकोषाध्यक्षमा होम गुरुङ तथा महिला सदस्यमा मधु चापागाईं, टौसेवा गुरुङ, सुनिता नेपाली र सपना परियार चयन हुनुभएको छ ।

भूगोलतर्फ स्याङ्जाबाट ऋषि डुम्रे, म्याग्दीबाट अमित विश्वकर्मा, लमजुङबाट टसबहादुर गुरुङ, तनहुँबाट विष्णु पराजुली, बागलुङबाट हरि सुनार, कास्कीबाट माधव चापागाईं, नवलपुरबाट विष्णुकुमार वाग्ले, पर्वतबाट सरस्वती लामिछाने र गोरखाबाट विकास नेपाली सदस्यमा चयन हुनुभएको छ ।

यस्तै खुला सदस्यमा प्रकाश बराल, सन्दीप परियार, कृष्ण गैरे, टेक क्षत्री, विक्रम गुरुङ, धिरन थापा र ज्ञानेश्वर सुवेदी चयन हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष कार्कीले लोक सङ्गीतको उत्थान र कलाकारको हितमा आफू सक्रिय रहने बताउनुभयो । समितिको कार्यकाल तीन वर्षको हुन्छ ।

तपाईको प्रतिक्रिया