खानेपानीलाई आमनागरिकको पहुँचमा पु¥याइन्छ : मन्त्री खाँन

  माघ १७, २०७९

नवलपरासी, माघ १७ : खानेपानीमन्त्री अब्दुल खाँनले स्वच्छ खानेपानीलाई आमनागरिकको सहज पहुँचमा पु¥याउन सरकार लागिपरेको बताउनुभएको छ ।

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालयमा आज आयोजित कार्यक्रममा मन्त्री खाँनले जनतालाई स्वच्छ खानेपानीको व्यवस्था गर्ने विश्वास दिलाउनुभयो ।

कुनकुन देशमा नेपालले पानी सहजै निर्यात गर्न सक्छ भन्ने विषयमा अन्तर्राष्ट्रियस्तरकै अध्ययन गरिने उल्लेख गर्दै उहाँले नेपालभित्र पानी नपुगेका जनसङ्ख्यालाई सहजरूपमा पानीको पहुँच पु¥याउन आफू अग्रसर रहने बताउनुभयो ।

मन्त्री खाँनले भन्नुभयो, “हामी खानेपानी निर्यात गर्दैछौँ । यस विषयमा मन्त्रालयले अध्ययन गरिरहेको छ ।” उहाँले सरकारले आफ्नो नीति तथा कार्यक्रममै जनतालाई सहजै पानीमा पहुँच पु¥याउने भनेकाले आफू त्यसमा लाग्ने बताउनुभयो ।

विभिन्न जिल्ला भ्रमणमा रहनुभएका मन्त्री खाँनले सरकारले आफ्नो नीति तथा कार्यक्रममै जनतालाई सहजै पानीमा पहुँच पु¥याउने भनेकाले आफू त्यसमा लाग्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया