इजरायलद्वारा प्यालेस्टाइनीहरू विरुद्ध दण्डात्मक कदमहरूको घोषणा

  माघ १५, २०७९

जेरुसेलम,माघ १५ : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शुक्रबार साँझदेखि भएका दुईवटा गोली काण्डको प्रतिक्रियास्वरूप वेस्ट बैंकका बस्तीहरूलाई सुदृढ पार्नेलगायतका योजना सार्वजनिक गर्नु भएको छ ।

साथै प्रधानमन्त्री नेतान्याहुले प्यालेस्टिनीहरू विरुद्ध दण्डात्मक उपायहरूको पनि घोषणा गर्नु भएको छ । शनिबार राति बसेको सुरक्षा परिषद्को बैठकले यी उपायहरूलाई अनुमोदन गरेको हो।

नेतन्याहुले मन्रिरतपरिषद्को बैठकमा भन्नुभएको थियो- जेरुसेलमको बस्ती छिमेकी नेवे याकोभमा गोली हानाहान गर्ने बन्दुकधारीको परिवारको निवास सिल गरिएको छ।

यसैगरी इजरायली प्रहरीले छुट्टै विज्ञप्ति जारी गर्दै पूर्वी जेरुसेलमको एट-टोरमा रहेको घरलाई आगामी केही दिनमा भत्काउने योजना बनाएको छ ।

इजरायली बस्तीहरूलाई सुदृढ गर्ने योजना बारे निर्णय यस हप्ताको अन्तमा लिइने पनि प्रधानमन्त्रीले बताउँनु भएको छ ।
मन्त्रिपरिषद्ले हजारौं प्यारामेडिक्स र इजरायली नागरिकहरूलाई बन्दुक लाइसेन्स विस्तार गर्ने बारे पनि छलफल गरेको छ ।

शुक्रबार साँझ पूर्वी जेरुसेलमका एक प्यालेस्टिनी निवासीले सात इजरायलीलाई गोली हानी मारेका थिए र तीन जना घाइते बनाएका थिए । उत्तरी वेस्ट बैङ्कको जेनिन शरणार्थी शिविरमा बिहीबार भएको घातक इजरायली हमलापछि इजरायली सेनाले ६१ वर्षीया महिला सहित १० जना प्यालेस्टाइनीको हत्या गरेपछि आक्रमणहरू भएको थियो ।

तपाईको प्रतिक्रिया