प्रार्थनासभा आक्रमणकारीको निवासमा सिलबन्दी

  माघ १५, २०७९

जेरुसेलम, माघ १५ : गत शुक्रबार पूर्वीजेरुसेलममा प्रार्थनासभाका लागि भेलाभएका श्रद्धालुमाथि गोली हानेर सात जनाको हत्या गरेका प्यालेष्टिनी आक्रमणकारीको निवासलाई इजरायली प्रहरीले सिलबन्दी गरेको छ ।

आक्रमणमा तीन जना घाइते भएका थिए । गत बिहीबार इजरायली सेनाले पश्चिमी किनारामा गरेको कारबाहीमा नौ जना प्यालेष्टिनी मारिएपछि प्रार्थनास्थलमा उक्त हमला भएको हो ।

प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुको मन्त्रिपरिषद्को गए रातिको निर्णयअनुसार आक्रमणकारीको घर सिलबन्दी गरिएको हो । पश्चिम किनारा र पूर्वीजेरुसेलममा अघिल्लो साता भएका दुईवटा बेग्लाबेग्लै गोलीकाण्डमा सात जना मारिएका थिएभने पाँच जना घाइते भएका थिए ।

यो महिनाको प्रारम्भदेखि भएका रक्तपातपूर्ण युद्धमा ३२ जना प्यालेष्टिनी मारिएका छन् । विगत केही दिनयता दुवै पक्षबाट रकेट आक्रमण भइरहेको छ । पछिल्ला आक्रमणले मध्यपूर्वको शान्ति र स्थायित्व जोखिममा परेको छ । नेभ याकोभस्थित प्रार्थनास्थलमा शुक्रबार राति भएको आक्रमणका दोषीलाई इजरायली सुरक्षाकर्मीले गोली हानेर मारेका थिए ।

तपाईको प्रतिक्रिया