चेल्सी एकेडेमीद्वारा विभिन्न महानुभाव सम्मानित

  माघ १२, २०७९

काठमाडौँ, माघ १२ : चेल्सी इन्टरनेशनल एकेडेमीले समाजमा विभिन्न क्षेत्रबाट योगदान पु¥याउने प्रतिष्ठित व्यक्तिलाई सम्मान गरेको छ । सरस्वती पूजा (श्रीपञ्चमी)का अवसरमा एकेडेमीले आज एक कार्यक्रमकाबीच सञ्चार, शिक्षा, स्वास्थ्य, कला, संस्कृति, खेलकुद, समाजसेवा, वातावरण तथा सामाजिक सुरक्षालगायतका करिब २५ भन्दा बढी विभिन्न विधामा समाजमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गरेको हो ।

यसरी सम्मानित हुनेमा सञ्चारतर्फ राष्ट्रिय समाचार समिति ९रासस०का कार्यकारी अध्यक्ष धमेन्द्र झा, नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइराला, सञ्चार उद्यमी समिरकुमार नेपाल तथा साहित्य विधामा पद्मश्री साहित्य पुरस्कार विजेता नयनराज पाण्डे, साहित्यकार धीरेन्द्र प्रेमर्षी रहनुभएको छ ।

शैक्षिक र सामाजिक क्षेत्रमा योगदान पु¥याउने प्रचण्डजङ्ग शाह, कमलादेवी श्रेष्ठ, शिक्षाविद् लवदेव अवस्थी, डा अनिलकुमार मिश्र, फुटबल प्रशिक्षक राजुकाजी शाक्य, वन तथा वातावरणविद् डा विनोद भट्ट, प्रोफेसर बालचन्द्र लुइँटेल, अनुसन्धानकर्ता राम रिमाल र लक्ष्मण रिमाल सम्मानित हुनुभएको छ । त्यसैगरी युवा नेता राप्रसाद सापकोटा, किशोर मल्ललाई सम्मान गरिएको छ । सम्मानित सबैलाई दोसल्ला र कदरपत्रद्वारा संस्थाका प्रिन्सिपल डा सुधीरकुमार झाले सम्मान गर्नुभएको हो ।

सो अवसरमा राससका कार्यकारी अध्यक्ष झाले पेशागत व्यावसायिकता इमान्दारीपूर्वक निर्वाह गरेकामा एकेडेमीले सम्मान दिएर थप जिम्मेवारी बढाएको बताउनुभयो । साहित्यकार पाण्डेले शैक्षिक क्षेत्रमार्फत नेपालको उन्नयनमा उल्लेखनीय भूमिका खेलेको शैक्षिक संस्थामार्फत सम्मानित हुन पाउँदा गौरव महसुस भएको बताउनुभयो ।

सन् २००५ मा स्थापित चेल्सी इन्टरनेशनल एकेडेमीले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत रहेर ‘ए लेभल’ कार्यक्रम सञ्चालन गर्दै आएको छ भने नेपालकै शैक्षिक कार्यक्रम पूर्व प्राथमिक र माध्यमिक विद्यालय तहलाई पठनपाठन गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया