बिसीद्वारा लिखित ‘नेपालको राजतन्त्रदेखि गणतन्त्रसम्म’ सार्वजनिक

  माघ १०, २०७९

काठमाडौँ,माघ १० : लेखक हरिबहादुर बिसीद्वारा लिखित पुस्तक ‘नेपालको राजतन्त्रदेखि गणतन्त्रसम्म’ सार्वजनिक गरिएको छ । रिपोर्टर्स क्लबमा आज आयोजिक कार्यक्रममा नेपाल जनसार्क समन्वय मञ्चले उक्त पुस्तक सार्वजनिक गरेको हो ।

कार्यक्रममा गीतकार एवं साहित्यकार यादव खरेल, त्रिचन्द्र क्याम्पसका इतिहास विभागका विभागीय प्रमुख प्रा डा गोविन्दमानसिंह कार्की, पत्रकार ऋषि धमला, योजनाविद् एवं शिक्षाविद् बुद्धिबहादुर बुढाथोकीलगायतले संयुक्त रुपमा उक्त पुस्तक विमोचन गर्नुभएको हो ।

जनसार्क समन्वय मञ्चका अध्यक्ष लेखक बिसीले आफ्नो पुस्तकमा शाह वंशीय राजा पृथ्वीनारायण शाहको पालादेखि अहिलेको समसामयिक राजनीतिक घटनाक्रमलाई समावेश गरिएको बताउनुभयो । उक्त पुस्तकको अध्ययनले राष्ट्रिय जागरण र एकताको भावना सिर्जना हुने उहाँको भनाइ छ ।

त्रिचन्द्र क्याम्पसका इतिहास विभागका विभागीय प्रमुख प्रा डा कार्कीले बिसीको पुस्तकमा पृथ्वीनारायण शाहको पालादेखि आजसम्मका घटनाक्रम समेटिएको उल्लेख गर्दै उक्त पुस्तक सबैका लागि सहयोगी भएको बताउनभयो ।

तपाईको प्रतिक्रिया