काठमाडौं , माघ १० : बाजुरामा ५.९ म्याग्निच्यूडको भूकम्प जाँदा एक घर भत्किएको छ ।
बाजुराको बडिमालिका नगरपालिका-७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले बताउनुभयो । उहाँका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ ।
उद्दारका लागि प्रहरी परिचालन गरिएको डिएसपी थापाले बताउनुभयो ।