वेस्ट ब्याङ्कमा प्यालेस्टिनीको हत्या

  माघ ०७, २०७९

सेदे इफ्राइम, प्यालेस्टिनी क्षेत्र,माघ ७ : एक जना इजरायली नागरिकले इजरायलद्वारा कब्जा गरिएको वेस्ट बैंक क्षेत्रमा रहेको एक बस्ती नजिकैकोे खेतमा छुरा प्रहार गरी प्यालेस्टिनीको शनिबार गोली हानी हत्या गरेको सेनाले जनाएको छ ।

रामल्लाहको उत्तरपश्चिममा रहेको सेदे इफ्राइम नजिकैको खेतमा आक्रमणकारीले एक इजरायली नागरिकमाथि छुरा प्रहार गर्ने प्रयास गरेको तर ‘आतङ्ककारी’लाई निष्प्रभावी पारिएको छ,’ सेनाले एएफपीसँग भनेको छ ।

तर स्थानीयले प्यालेस्टिनी नागरिकलाई गोली हानेर मारेको पुष्टि गरेका छन् । घटनामा कोही पनि हताहत नभएको इजरायली सेनाले जनाएको छ ।

एएफपीका एक फोटोग्राफरले इजरायली सेनाले प्यालेस्टिनी एम्बुलेन्सलाई घटनास्थलमा प्रवेश गर्नबाट रोकेको देखेको बताउनुभयो ।

प्यालेस्टिनीको स्वास्थ्य मन्त्रालयले ४२ वर्षीय तारिक मालीको प्यालेस्टिनी गाउँ काफ्र नामा नजिकै इजरायलले गोली चलाउँदा उहाँको मृत्यु भएको जनाएको छ ।

इजरायली बस्ती विरोधी आन्दोलन ‘पिस नाओ’का अनुसार यो फार्मलाई वाइल्डक्याट बस्तीको नामले चिनिन्छ । यसलाई इजरायलले मान्यता दिएको छैन ।

सबै बस्तीहरू अन्तर्राष्ट्रिय कानून अन्तर्गत अवैध मानिन्छन् भने इजरायलले यसलाई अस्वीकार गर्दछ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पश्चिम किनारामा बस्ती विस्तार बढाउने नीति अपनाउने योजना बनाउनुभएको छ र उहाँको गठबन्धनमा रहेका नरमपन्थी यहुदी दलहरूले केही क्षेत्र गाभ्ने पक्षमा वकालत गरेका छन् ।

एएफपीलाई प्राप्त तथ्याङ्क अनुसार यस महिना पश्चिमी किनारामा मारिएका प्यालेस्टिनीको सङ्ख्या १८ पुगेको छ ।

तपाईको प्रतिक्रिया