प्रदेशसभा स्थापना दिवसमा मुख्यमन्त्री रावलको शुभकामना

  माघ ०७, २०७९

अत्तरिया,माघ ७ : सुदूरपश्चिम प्रदेशसभाको स्थापना दिवसका अवसरमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले शुभकामना व्यक्त गर्नुभएको छ । “सम्पूर्ण सुदूरपश्चिम प्रदेशवासी, जनसमुदाय तथा देश विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ।

मुख्यमन्त्री रावलले विसं २०७४ माघ ७ गते पहिलो सुदूरपश्चिम प्रदेशसभाको कार्यकाल प्रारम्भ भएको ऐतिहासिक दिवसमा सुदूरपश्चिम प्रदेशको स्थापनाको प्रत्यक्ष वा अप्रत्यक्षरूपमा योगदान पु¥याउनुहुने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया