अध्यक्ष तिमिल्सिनाद्वारा नेता पुनको स्वास्थ्य लाभको कामना

  माघ ०६, २०७९

काठमाडौँ, माघ ६ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनलाई भेटेर स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि जावलाखेलस्थित सुमेरु सिटी अस्पतालमा उपचार गराइरहनुभएका पूर्वमन्त्री पुनलाई आज भेटेर अध्यक्ष तिमिल्सिनाले स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।

लामो समयदेखि वंशाणुगत जन्डिसको उपचार गराइरहनुभएका पुनको अहिले कलेजोमा समस्या देखिएको अस्पतालले जानकारी दिएको छ । रासस

तपाईको प्रतिक्रिया