हिँड्दाहिँड्दै पर्यटकको मृत्यु

  माघ ०२, २०७९

मनाङ,माघ २ : मनाङको अन्नपूर्ण पदमार्ग यात्रामा आउनुभएका एक पर्यटकको मृत्यु भएको छ । कोरियन पर्यटक ५३ वर्षीया जोनसिनको मृत्यु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । अन्नपूर्ण पदमार्गअन्तर्गतको थोराङपासको दुई सय मिटर तल कोरियन पर्यटक मृतावस्थामा भेटिएको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालका अनुसार उहाँ कुनै एजेन्सीसँग समन्वय नगरी एक्लै मनाङ भ्रमणमा आएको पत्ता लागेको छ ।

“जोखिम यात्रामा कुनै पोर्टर, एजेन्सीसँगको समन्वय विना आउँदा अप्रिय घटना घट्ने गरेको छ, पर्यटकले बुझेर आएमा बचाउन सकिने थियो”, उहाँले भन्नुभयो । पर्यटकको उद्धारमा गएका प्रहरी टोली लेक लागेर बाटोबाटै फर्किएका छन् ।

तपाईको प्रतिक्रिया