दमौली,माघ १ : पोखरामा आज बिहान भएको यती एयरलायन्सको जहाज दुर्घटनाप्रति नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद रामचन्द्र पौडेलले दुःख व्यक्त गर्नुभएको छ ।
वरिष्ठ नेता पौडेलले शोकवक्तव्य जारी गरी दुर्घटनाको खबरले आफूलाई स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ । वरिष्ठ नेता पौडेलले घटनामा परी दिवङ्गत हुनुभएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।
आज बिहान १०ः३२ बजे काठमाडौँबाट पोखराका लागि ६८ यात्रु र चार चालक दलका सदस्यसहित उडेको एआरटी ७२ विमान पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थित सेती नदीको खोँचमा दुर्घटनामा परेको थियो ।