कर्णाली प्रदेशका सभामुख गुरुङद्वारा शपथग्रहण

  माघ ०१, २०७९

कर्णाली, माघ १ : कर्णाली प्रदेशको सभामुखमा निर्वाचित प्रदेशसभा सदस्य नन्दा गुरुङले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नवनिर्वाचित सभामुख गुरुङलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ८ बमोजिम उहाँले प्रदेश प्रमुख परियारसमक्ष शपथग्रहण भएको हो । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको आज बसेको तेस्रो बैठकले सभामुख गुरुङलाई बहुमतले निर्वाचित गरेको थियो ।

सत्तारूढ दलका साझा उम्मेदवारका रुपमा सभामुखमा निर्वाचित गुरुङ नेकपा एमाले सुर्खेतबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया