विमान दुर्घटना : प्रदेश प्रमुखद्वारा दुःख व्यक्त

  माघ ०१, २०७९

गण्डकी, माघ १ : पोखरामा भएको यती एयरलायन्सको जहाज दुर्घटनाप्रति गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दुःख व्यक्त गर्नुभएको छ ।

प्रदेश प्रमुख गुरुङले आज शोक वक्तव्य जारी गर्दै दुर्घटनाको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गर्नुभएको छ । दुर्घटनाबाट गण्डकी प्रदेशसहित सिङ्गो मुलुक स्तब्ध भएको भन्दै वक्तव्यमा मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया