मोगादिसु, पुस २९ : विश्व ब्याङ्कले खडेरीबाट अन्नको जोहो गर्न नपाएका झण्डै असी लाख सोमालीलाई अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडीए) मार्फत पाँच करोड अमेरिकी डलर अनुदानस्वरुप उपलव्ध गराउने भएको छ ।
सोमालियाका लागि ब्याङ्कका देशीय प्रबन्धक क्रिस्टिना स्वेन्सनले सात करोड डलरको जारी सोमालिया अर्बन रेजिलिन्स प्रजेक्ट कार्यान्वयन गर्न तथा चरम खडेरीका कारण आन्तरिक रूपमा विस्थापित भएकाहरूलाई आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न अनुदान स्वीकृत भएको बताउनुभएको छ ।
खडेरीबाट प्रभावित सोमाली जनतालाई विश्व ब्याङ्कले गरेको सहयोगको आपत्कालीन प्रतिकार्य, समन्वय एवम् अनुगमन सोमाली सरकारको नेतृत्वले गर्ने देशीय प्रबन्धक स्वेनसनले आज यहाँ एक विज्ञप्ति निकालेर जनाउनुभएको छ ।






