राष्ट्रिय वाणिज्य बैङ्कको साढे बाह्र प्रतिशत लाभांश

  पुष २९, २०७९

काठमाडौँ, पुस २९ : सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले १२.५० प्रतिशत लाभांश दिने भएको छ । बैङ्कको बिहीबार राजधानीमा सम्पन्न १७औँ वार्षिक साधारण सभाले नगद ७.५० प्रतिशत र बोनस सेयर ५ प्रतिशत दिने प्रस्तावलाई पारित गरेको हो । साधरण सभाले चुक्ता पुँजीको ७.५० प्रतिशतका दरले हुन आउने एक अर्ब चार करोड ५५ लाख रुपियाँ नगद र ५ प्रतिशतले हुन आउने ६९ करोड ७० लाख रुपियाँ बरावरको बोनस सेयर सेयरधनीलाई प्रदान गर्ने निर्णय पारित गरेपछि कुुल चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपियाँ हुने बैङ्कले जनाएको छ ।

साधारण सभामा बैङ्क सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैङ्क तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताउनुभयो ।

साधारण सभामा बैङ्कका सेयरधनीहरू क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि तथा सर्वसाधारण सेयरधनीको उपस्थिति रहेको थियो ।

स्रोत : गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया