म्यान्माको सेनाद्वारा जातीय विद्रोहीमाथि हवाई आक्रमण

  पुष २७, २०७९

याङ्गुन,पुस २७ : म्यान्माको सैनिक सरकार ९जुन्ता०ले भारतसँगको सीमा नजिक रहेको एक जातीय सशस्त्र समूहको शिविरमा हवाई आक्रमण गरेको विद्रोही र स्थानीय सञ्चार माध्यमले बुधबार बताएका छन् ।

करिब दुई वर्षअघि भएको सैन्य ‘कू’ले लामो समयदेखि स्थापित जातीय विद्रोही समूहका साथै जुन्ताको विरोधमा खडा भएका दर्जनौं ‘पिपुल्स डिफेन्स फोर्स’ समूहसँग नयाँ चरणको लडाइँ सुरु गरेको छ ।

म्यान्माको पश्चिमी क्षेत्रमा क्रिश्चियन चिन अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्ने दाबी गर्ने ‘चिन नेसनल फ्रन्ट ९सीएनएफ०’ को मुख्यालयमा मङ्गलबार गरेको आक्रमणमा पाँच लडाकू गरेको बम आक्रमणमा परी पाँच लडाकूको मृत्यु भएको सीएनएफका प्रवक्ता सलाई तेतनीले एएफपीसँग बताउनुभयो ।

“उनीहरूले हवाइ आक्रमणमा सात वटा विस्फोटक पदार्थ खसालेका थिए । हवाई आक्रमणबाट हाम्रा केही घरहरू ध्वस्त भए । एउटा बम भारतसँगको सीमा रेखामा खसेको थियो,” उहाँले भन्नुभयो ।

स्थानीय सञ्चारमाध्यमले पनि घटनाको पुष्टि गर्दै पाँच जना लडाकू मारिएका र एउटा बम भारतको मिजोरम राज्यको चम्फाई जिल्लामा खसेको जनाएका छन् ।

तर भारतीय प्रहरीका अनुसार उक्त बम सोझै सुख्खा नदीको किनारमा खसेको थियो ।

चम्फाई जिल्लाका प्रहरी सुपरिटेन्डेन्ट लालरिनपुइया भार्तेले भन्नुभयो, “हाम्रो प्रारम्भिक अनुसन्धानमा कुनै पनि ९भारतीय०को जीवन वा सम्पत्तिको क्षति नभएको देखिएको छ ।

“अन्तर्राष्ट्रिय सीमाबाट करिब आठदेखि नौ किलोमिटरको दूरीमा रहेको फर्कोन गाउँबाट घटना भएको स्थानको सबैभन्दा नजिक पर्छ ।”

हालैका वर्षहरूमा सीएनएफका लडाकुहरू घटेका छन् र उसले सन् २०१५ मा सेनासँग युद्धविरामका लागि हस्ताक्षर गरेको थियो ।

तर गत वर्ष मे महिनामा उसले आङ सान सुकीको नेसनल लिग फर डेमोक्रेसी ९एनएलडी० का सांसदहरूको बाहुल्यरहेको छायाँ सरकारसँग सहकार्यका लागि सम्झौतामा हस्ताक्षर गरेको थियो ।

सन् २०२० को नोभेम्बरमा भएको चुनावमा सुकीको एनएलडीले जितेको चुनावमा धाँधली भएको दाबी गर्दै सैनिक नेता मिन आङ ह्लाइङले आफ्नो सत्ता कब्जालाई जायज भएको दावी गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले निर्वाचन धेरै हदसम्म स्वतन्त्र र निष्पक्ष रहेको बताएका थिए ।

तपाईको प्रतिक्रिया