धनगढीमा दुईवटा ओभरहेड पानी टंकी निर्माण

  पुष २७, २०७९

धनगढी, पुस २७ : धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ को शान्तिनगर र १२ को जुगेडामा पाँच करोड रुपियाँ बढीको लगानीमा दुईवटा ओभरहेड पानी टंकी निर्माण गरिएको छ ।

नेपाल खानेपानी संस्थान शाखा कार्यालय धनगढीको लगानीमा ४५०/४५० घनमिटिर क्षमताका दुईवटा ओभरहेडपानी टंकी निर्माण गरिएको हो ।

वडा नम्बर १ को शान्तिनगरको ओभरहेडपानी टंकी निर्माणमा दुई करोड २२ लाख ५८ हजार र वडा नम्बर १२ को जुगेडामा दुई करोड १० लाख ४५ हजारभन्दा बढी रुपियाँ खर्च भएको खानेपानी संस्थानका धनगढीका प्रमुख शैलेन्द्रकुमार साहले बताउनुभयो ।

दुईवटै ओभरहेडपानी टंकीको संस्थानका अध्यक्ष गुणाकर भुषाल र महाप्रबन्धक इश्वरप्रसादले बुधबार संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।

ओभरहेड पानी टंकीको निर्माणकार्य आर्थिक वर्ष २०७६/२०७७ मा शुरु भएको थियो ।

स्रोत : गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया