नवजीवन सहकारीलाई ‘कमलमणि स्मृति साझा पुरस्कार’ प्रदान

  पुष २३, २०७९

काठमाडौँ, पुस २३ : कैलालीको धनगढीमा रहेको नवजीवन सहकारी संस्थालाई ‘कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार २०७९’ प्रदान गरिएको छ । सहकारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याएवापत रु ५० हजार राशिको सो पुरस्कार प्रदान गरिएको हो ।

कमलमणि स्मृति साझा सेवा सहकारीको ३८औँ साधारणसभाको अवसरमा आज आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले नवजीवन सहकारीका अध्यक्ष देवबहादुर बमलाई नगदसहित सम्मानपत्र हस्तान्तरण गर्नुभयो ।

सोही अवसरमा सचिव रेग्मीले साझा सेवाले पुरस्कारको माध्यमबाट सहकारीको प्रवद्र्धनमा ठूलो भूमिका निर्वाह गरेको बताउनुभयो । उक्त पुरस्कारले सहकारीको उत्थान र विकासमा थप टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कमलमणि स्मृति साझा सेवा सहकारीका अध्यक्ष शङ्करप्रसाद पाण्डेले २०७५ सालदेखि सहकारीका माध्यमबाट अर्थतन्त्रमा योगादन पु¥याउने सहकारी संस्थालाई पुरस्कार प्रदान गर्दै आएको जानकारी दिनुभयो ।

नवजीवन सहकारी संस्थाको चुक्ता पूँजी रु छ अर्ब ७० करोड भने सहकारीले सुदूरश्चिम र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा १० वटा शाखामार्फत् सेवा प्रदान गरिरहेको छ । सहकारीमा ३१ हजारभन्दा बढी सदस्य छन् ।

तपाईको प्रतिक्रिया