सोलुखुम्बु, पुस १८ : सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–३ का लोदिङवासी–४ दिनदेखि अन्धकारमा बस्न बाध्य छन् । विद्युत् सेवा उपलब्ध गराउँदै आएको निजी जलविद्युत्को मेसिनमा समस्या आएसँगै लोदिङका करिब २५ घरधुरी अन्धकारमा रात कटाउन बाध्य बनेका हुन् ।
शुक्रबारदेखि विद्युत् सेवा ठप्प हुँदा टुकीको सहारा बस्न बाध्य बनेका स्थानीयवासीले गुनासो गरेका छन् । १५ किलोवाट क्षमताको विद्युत्को जेनेरेटरमा खराबी आएका कारण सेवा अवरुद्ध भएको सञ्चालक आङ पुला शेर्पाले बताउनुभयो । मेसिन मर्मतका लागि काठमाडाँै पठाउनुपर्ने भएकाले सेवा सञ्चालन हुन अझै केही दिन लाग्ने शेर्पाको भनाइ छ ।