छिट्टै निजगढ विमानस्थलको निर्माण सुरु गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

  पुष १७, २०७९

पोखरा, पुस १७ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने घोषणा गरेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन गर्दै उनले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरू गरिने घोषणा गरेका हुन् ।

‘मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा आजदेखि पोखरामा विमानस्थल सञ्चालनमा आएको छ,’ उनले भने, ‘यो विमानस्थल सञ्चालनमा आएसँगै पोखरासँग अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्ध स्थापित भएको छ ।’

तपाईको प्रतिक्रिया