गण्डकी, १३ पुस : गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसको संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी बन्नुभएको छ ।
संसदीय दलको नेताका लागि आज भएको निर्वाचनमा पाण्डेले १८ मत ल्याएर बिजयी बन्नुभएको हो । उहाँका प्रतिस्पर्धी भोजराज अर्यालले आठ मत प्राप्त गर्नुभएको छ । निर्वाचनमा एक मत बदर भएको थियो । साठी सदस्यीय गण्डकी प्रदेशसभामा कांग्रेसमा २७ सांसदसहित सबैभन्दा ठूलो दल हो ।