प्रधानमन्त्री मोदी आमाको स्वास्थ्यस्थिति बुझ्न अस्पतालमा

  पुष १३, २०७९

अहमदाबाद, पुस १३ : प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नी आमा हीराबेन मोदीको स्वास्थ्यस्थितिबारे जानकारी लिन यहाँस्थित यूएन मेहता मुटुरोग तथा अनुसन्धान केन्द्र आउनुभएको छ । प्रधानमन्त्रीकी आमालाई हिजो उपचारार्थ केन्द्रमा भर्ना गरिएको हो ।

हिराबेन मोदीको स्वास्थ्य अवस्था स्थिर रहेको केन्द्रले आज एक विज्ञप्ति निकालेर जनाएको छ । हालै सम्पन्न गुजरात विधानसभा चुनावका बेला प्रधानमन्त्रीले एक सय वर्षकी आमालाई भेट्नुभएको थियो । प्रधानमन्त्रीकी आमाले चुनावको दोस्रो चरणमा मतदान पनि गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया