काठमाडौँ, पुस १३ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभागको अनुगमनमा पुगेका छन् । बुधबार दिउँसो उनी त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेका हुन् ।
राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछाने विभागको अनुगमनमा गएका हुन् ।
नयाँ सरकारको गठन लगतै बसेको पहिलो मन्त्रिपरिषद्ले राहदानी विभागमा लाइन बस्नुपर्ने बाध्यता हटाउने निर्णय गरेको थियो ।