तेहरान, पुस १० : सोमालियाको अल–शबाब लडाकु समूहको नियन्त्रणमा रहेका १४ जना इरानी मछुवालाई आठ वर्षपछि रिहा गरिएको तस्निम समाचार एजेन्सीले आइतबार जनाएको छ ।
गहन कूटनीतिक प्रयासहरू पछि इरानी विदेश मन्त्रालयले सोमालियामा अल-शबाब समूहले बन्धक बनाइएका मछुवाहरूलाई रिहा गरेको तस्निम समाचार एजेन्सीले उल्लेख गरेको छ ।
रिहा गरिएका माछा मार्नेहरू शनिबार राति सोमालियाको राजधानी मोगादिसुबाट तेहरान पुगेका थिए। अल-शबाबले सन् २०१५ मा सोमालिया नजिकै अन्तरराष्ट्रिय जलक्षेत्रमा रहेका इरानी मछुवाहरूलाई अपहरण गरेको थियो।






